अर्को वर्ष स्वासमा पनि कर लगाउनु हुन्छ, कति मोल लिनुहुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै श्रेष्ठले गरिबलाई झन गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गरिन् ।

सांसद श्रेष्ठले भनिन्, ‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिव झन गरिब बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? गरिबहरुको कथा सुनाउने दातृ संस्थाहरुलाई ।

गरिबलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस् । अब त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अव त अर्को वर्ष तपाईले सासमा पनि कर लगाउनु हुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसावले रोकिएको छ । जनताको लागि अब हामी रोक्छौं । यस्तो गरिबहरुलाई बढी गरिव बनाउने कर स्वीकार्य छैन । यसको विरोध गर्छौ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here