उपाधिमा ह्याट्रिक गर्ने मच्छिन्द्रको लक्ष्य उपविजेतामा सीमित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७९ मा मच्छिन्द्र फुटबल क्लब उपविजेता बनेको छ ।

बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई ३-१ ले हराउँदै मच्छिन्द्रले दोस्रो स्थान पक्का गरेको हो । मछिन्द्रका लागि ओलावालेले दुई तथा विमल घर्ती मगरले एक गोल गरे‍ । हिमालयन शेर्पाका पिस्टोने मुटम्बाले एक गोल फर्काए ।

यो जितपछि मछिन्द्रले यस सिजन दोस्रो स्थानमा रहेर लिग सकाउने पक्का भएको छ । २५ खेलबाट मछिन्द्रको ४२ अंक छ । मछिन्द्रभन्दा पछि रहेका नेपाल पुलिसको ३८ र जावालखेल युथ क्लबको ३७ अंक छ । चर्च ब्वाइजले डेब्यु सिजनमै लिग जित्दा मछिन्द्रको लगातार तीन पटक लिग जितेर उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य अधुरै रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here