लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी जाने

काठमाडौं । अर्जेन्टीनी स्टार खेलाडी लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। आफ्नो पूर्व क्लब बार्सिलोना फर्किने चर्चाकाबीच मेसी अमेरिका जान लागेका हुन्।

पीएसजीसँगको सम्झौता सकिएसँगै धेरै क्लबहरु मेसीलाई भित्र्याउन लागिपरेका थिए। अबको यात्रा अमेरिका हुने बीबीसीले उल्लेख गरेको छ। डेभिड बेक्ह्यामकोसमेत लगानी रहेको मियामीले मेसीलाई अनुबन्धन गर्न चाहेको विषय यसअघि नै सार्वजनिक भएको थियो।

मेसी स्पेनिस क्लब बार्सिलोनाबाट २०२१ मा पीएसजी आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here