युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलको कार्यालयमा भएको बाँडफाँटमा ३७ हजार ९४२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन्।

जसमध्ये भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन्।

उक्त एफपीओमा कुल १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए।

जसमध्ये १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ। यो एफपीओमा सदरमध्ये १३ लाख १७ हजार ७४५ आवेदकको हात खाली भएको छ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको एफपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक मुक्तिनाथ क्याटिलको वेबसाइट मार्फत पनि नतिजा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here