ट्वीटरसँग प्रतिशपर्धा गर्न मेटाले ल्याउदैछ अर्को सञ्जाल

काठमाडौं । मेटाले ट्वीटरसँग प्रतिशपर्धा गर्न टेक्टमा आधारित सामाजिक सञ्जाल ल्याउने तयारी थालेको छ । कम्पनीले सो सञ्जाल सञ्चालनका लागी कर्मचारी योजना बनाएको बीबीसीले बताएको छ । पी नाइनटु (p92) नामक एपले प्रयोगकर्ताहरूलाई तिनीहरूले पहिले नै इन्स्टाग्राममा फलो गरेका खाताहरू फलो गर्न अनुमति दिन सक्छ।

त्यस्तै यसले उनीहरूलाई मास्टोडन जस्ता विकेन्द्रीकृत प्लेटफर्महरूबाट फलोअर्स ल्याउने अनुमति दिन्छ ।

मेटाका प्रवक्ताले सो प्लेटफर्म निमार्णको क्रममा रहेको बताए । हामी टेक्स्ट अपडेटहरू सार्वजनिक गर्नका लागि एक स्ट्यान्डअलोन विकेन्द्रीकृत सामाजिक नेटवर्कको खोजी गर्दैछौं, उनीहरूले भने।

हामी विश्वास गर्छौं कि त्यहाँ छुट्टै ठाउँको लागि अवसर छ जहाँ सिर्जनाकर्ताहरू र सार्वजनिक व्यक्तित्वहरूले उनीहरूको रुचिको बारेमा समयमै अद्यावधिकहरू सेयर गर्न सक्छन् । मेटाका प्रमुख उत्पादन अधिकारी क्रिस कोक्सले प्लेटफर्ममा कोडिङ चलिरहेको बताए। टेक दिग्गजले यसलाई चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन् तर यसको मिती भने तोकिएको छैन । यद्यपी यो जुनको अन्त्यसम्ममा हुनसक्ने अनुमान गरिएको छ।

कम्पनीले आफ्ना कर्मचारीहरुमाझ यसका केही स्क्रिनसटहरु पनि सार्वजनिक गरेको थियो । अक्षरमा आधारित सञ्जाल पी नाइनटु विशेषगरी एलन मस्कको ट्विटरका लागि प्रतिद्धन्दी हुनसक्ने बताइएको छ ।

इन्स्ताग्रामको प्रयोगकर्ताहरु २ अर्ब भन्दा धेरै छन् । जसले गर्दा धेरै प्रयोगकर्ताहरुलाई सहजै यो सञ्जालले तान्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here