कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

फाइलफोटो

काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिका-६ चिसापानी स्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जीप दुर्घटना भएको हो

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार मृत्यु हुनेमा जीपका चालक शुभकालिका-२ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here