सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीले गरे थाल ठटाउँदै विरोध प्रदर्शन

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु थाल ठटाउँदै सडकमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आह्वानमा उक्त प्रदर्शन भएको हो।

शिक्षक तथा कर्मचारीहरु बानेश्वरमा जम्मा भई थाल ठटाएर विरोध जनाउँदै माइतीघरतर्फ लागेका थिए।

समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै विरोध जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here