पशुपतिनाथ परिसरबाट साँढे चोरी गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं । पशुपतिनाथ परिसरमा छाडिएका नन्दी (साँढे)को चोरी निकासी हुने गरेको खुलासा भएको छ।

पशुपति क्षेत्र विकास कोषले साँढे चोरी निकासी भइरहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ। पशुपतिनाथ मन्दिरमा प्रत्येक पूर्णिमामा १२ वटा र मकैसुब्बा गुठीबाट १ वटा गरी वर्षमा जम्मा १३ वटाका दरले नन्दी छाड्ने परम्परा रहेको छ।

तर त्यसरी छाडिएको साँढेहरु गाई फार्म लगायत विभिन्न बहाना बनाएर चोरी निकासी हुने गरेको पाइएको छ। कोषले शनिबार विज्ञप्ति जारी गरी केही दिनयता विभिन्न बहानामा गाई फार्म लगायत विभिन्न बहाना बनाएर नन्दीको चोरी निकासी हुने गरेको पाएको भन्दै यस प्रकारको कार्य नगर्न चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here