आर्थिक दायित्व नपर्ने संस्थाहरू खारेज गर्नेले राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको भत्ता किन काट्नु भएन् ?

sf7df8f}F, @% j}zfvM ;f+;b kf}8]n ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] a}7sdf ah]6;DaGwL 5nkmndf efu lnFb} ;f+;b 1fg]G›axfb'/ sfsL{ . tl:a/M gjLg kf}8]n÷/f;;

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले राखेको आर्थिक वृद्धिको अनुमान नितान्त मनोगत भएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

आइतबार संसद् बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक पर्ने न्यूनतम् लगानी सुनिश्चित नगरी मनोगत रूपमा गरिएको अनुमान पूरा हुने कुनै सम्भावना नरहेको बताए।

पौडेलले भने, ‘आर्थिक दायित्व खासै नपर्ने संस्थाहरू खारेज गर्ने अर्थमन्त्रीले खर्च कटौतीका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत जनप्रतिनिधिको सबै प्रकारको भत्ता खारेज गर्न किन सक्नुभएन ? कम सेकम म आफैंले यो आर्थिक वर्षमा कुनै प्रकारको भत्ता लिन्न भन्न किन सक्नुभएन ?

पौडेलले करको दर हेरफेरमा गडबडी भएको भन्दै कम मूल्यका विद्युतीय सवारीको भन्सार बढाउने र महँगाको घटाउने प्रस्तावको औचित्य पुष्टि गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई चुनौती दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here