उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ४०.४८ अंकले बढेर १९८०.९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७५ कम्पनीको ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच भएका छन् ।

विहीवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.७२ प्रतिशतले बढेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेरको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट र आइजीआई प्रडेन्सिियल इन्स्योरेन्स समान १०/१० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here