सरकारी कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध, नियम उल्लंघन गरेमा कारबाही

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध लगाएको छ।

राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृंखल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै गुनासो आउन थालेपछि विभिन्न मन्त्रालयले कार्यालयभित्र टिकटक बनाउन रोक लगाएका हुन् ।

यदि निजामती कर्मचारीले नियम उल्लंघन गरेमा अनुशासन नियम अन्तर्गत कारबाही गर्ने मन्त्रालयले जनाएको छ। पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here