स्वर्गद्वारीबाट फर्कदै गरेको गाडी दुर्घटना, आठ जना घाइते

काठमाडौं । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

गाडी उपल्लो घुम्तिबाट तल्तो घुम्तीमा खसेको प्रहरीले जनाएको छ ।

गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here