बालाजी सिमेन्ट भारत निर्यात शुरु, कम्पनीले पठायो ४२ टन सिमेन्ट

काठमाडौं । बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रालिले आजदेखि सिमेन्ट निर्यात गर्न थालेको छ । कम्पनीबाट उत्पादित बहुवलि र श्रृष्टि ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर विभागद्धारा ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरे सँगै भारत निर्यात शुरु गरेको हो ।

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक ईन्टरप्राईजेज डिलरलाई सिमेन्ट निर्यात गर्न लागेको हो । ४२ टन सिमेन्टको निर्यात शुरु गरको प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले बताए ।

प्रबन्ध निर्देशक अग्रवालका अनुसार कपिलवस्तुको कृष्णनगर नाका हुदै सिमेन्ट निर्यात हुन लागेको हो । भारत सरकारको ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्वन्धि ईण्डियन स्टायाण्र्डस ईन्स्टिच्युट (आईएसआई) चिन्ह दिए लगत्तै बालाजी सिमेन्टको उत्पादन बहुबलि र श्रृष्टिको भारत तर्फ निर्यात वढेको हो । कपिलवस्तु जिल्लावाट भारत निर्यात पहिलो पटक हो । विस्तारै निर्यात परिमाण वढाउदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको छ । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाईने व्यवस्था रहेको छ भने नेपालवाट पनि एनएस चिन्ह नभएका सिमेन्ट निर्यात गर्न पाईदैन । हामीले यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात शुरु गरेका हौं । सरकारले सिमेन्ट छड लगायतका ३० भन्दा वढि वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघि नै गरिसकेको छ ।

नेपाल सरकारले ५० करोड भन्दा वढिको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको बताए । बर्तमान असहज एंव आर्थिक मन्दिको अवस्थामा सिमेन्ट भारत तर्फ निर्यात गर्ने कार्य यस क्षेत्रवाट शुभारम्भ गर्न पाँउदा आशाको दियो जागेको छ, उद्योगका संस्थापक सन्दिप कुमार गाडिया बताउछन् ।

‘आफ्नो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोच सहितको थियो । सोच आज पुरा भएको छ, हामी सफल भएका छौं ’ प्रबन्ध निर्देशक ऋषिकेश अग्रवाललले भने । सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको उनले बताए । साथै राज्यले अझै उद्योगमैत्रि, निर्यातमैत्रि नीतिहरु ल्याउनु जरुरी रहेको उनको भनाई छ । निर्यातको वातावरण वनाउने सरकारलाई धन्यवाद दिदै सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटालाई केहि कम गर्ने विश्वास व्यक्त गरे ।
हामीले जति धेरै सामान भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौं त्यति धेरै व्यापार घाटामा कमि आउदछ त्यसैले निर्यातलाई दिगो वनाउने वातावरण सरकारले वनाईरहनु पर्दछ उनले भने ।

बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ शय टन रहेको छ । उद्योगले बहुवलि र श्रृष्टि ब्राण्डका ओपिसि ४३ ग्रेड र पिपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरेको छ । बालाजी सिमेन्ट ईण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो उद्योगमा जर्मनको लोच्से कम्पनिको भिआरएम प्रबिधी जडान छ । जर्मनको यो प्रविधी सिमेन्ट उद्योगहरुका लागी विश्व कै उच्चस्तरिय कम्पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here