पर्यटन प्रवर्द्धन गर्न गोदावरीको चोक-चोकमा क्यूआर कोड

काठमाडौं । ललितपुर जिल्ला स्थित गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र हो । विशेषत: छुट्टीका दिनमा यस क्षेत्रमा भिडभाड हुने गर्दछ। शान्त सितल ठाउँमा रम्न र हरिया डाडाकाडा हेर्न पर्यटक लालायित हुन्छन् । धार्मिक हिसाबले पनि यो क्षेत्र घुम्न लायकको ठाउँ मानिन्छ।

सुन्दर पर्यटकीय क्षेत्र गोदावरीमा क्युआर स्क्यान बोर्ड राखिएको छ।गोदावरी नगरपालिका वडा न. ३ मा पर्यटन प्रवर्द्धन हेतु क्युआर स्क्यान बोर्ड राखिएको हो। क्युआर स्क्यान गरेर पर्यटकले यस क्षेत्रको सम्पुर्ण जानकारी लिन सक्दछ्न।

गोदावरी घुम्न आउने पर्यटकलाई वडा भित्र रहेका सम्पुर्ण मठ मन्दिर , स्कुल कलेज , होटल ,रेष्टुरेन्ट , माहुरी पालन मत्स्य पालन , हर्बेरिम , गार्डेन , बनस्पति,मार्वल डाडा आदि सबैको अडियो, भिडियो ,फोटो र ति ठाउहरुको छोटो लिखित जानकारी सहितको क्युआर स्क्यान वोर्ड वडाका पोल र चोकमा राखि घुम्नका लागि सहज बनाउने प्रयास गरिएको वडाध्यक्ष राज घिमिरे बताउनुहुन्छ। बिदेसमा बस्नु हुने र गोदावरी भ्रमणमा आउनु हुने पर्यटकहरुलाई वडाको बारे सहजै जानकारी , गुगल म्याप सहित थप जानकारी दिने उद्देश्यले क्युआर स्क्यान बोर्ड राखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here