तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत, एकजना पक्राउ

काठमाडौं । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।

मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिए।

उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

‘लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ। पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ,’ उनले डिएसपी खाणले भने।

अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको उनले बताए।

बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन्। उक्त बाटो हिँडडुल गर्ने स्थानीयले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here