युट्युब मनिटाइज गर्न ५०० सब्सक्राइबर‍ भए पुग्ने, तीन भिडियो अनिवार्य

काठमाडौं । भिडियो साझेदारी प्लेटफर्म युट्युब निकै उपयोगी बन्दै गइरहेको छ ।

हिजो गुमनाम रहेकालाई युट्युबको भिडियोले रातारात स्टार मात्रै बनाइरहेको छैन आर्थिक स्तर उकास्नसमेत यसले भूमिका खेलिरहेको छ । अब कम सब्सक्राइबर भए पनि रकम आउनका लागि जरुरी पर्ने मनिटाइज हुने भएको छ ।

साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको हो ।

यसअघि युट्युबले मनिटाइजेसनका लागि १००० सब्सक्राइबर हुनुपर्ने नीति बनाएको थियो । अब त्यसलाई परिमार्जन गरेर ५०० मा झारिएको छ । साना ‘क्रियटर’हरूलाई मध्यनजर गरेर युट्युबले यस्तो व्यवस्था गरेको हो ।

वाच आवर अवधि पनि घटाइएको छ । यसअघि वाच आवर ४००० रहेकोमा त्यसलाई घटाएर ३००० बनाइएको हो । शर्ट भ्युजलाई पनि एक करोडबाट ३० लाखमा झारिएको छ । आम्दानीतर्फ पनि केही संशोधन गरिएको छैन ।

अघिल्लो वर्ष उक्त च्यानलका भिडियोहरू तीन हजार घण्टा हेरिएका वा पछिल्ला ९० दिनमा युट्युब सर्ट भिडियो ३० लाखपटक हेरिएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

कम्पनीका अनुसार, यो नियम सुरुमा अमेरिका, क्यानडा, बेलायत, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here