बेलिङघम रियलमा अनुबन्धित

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङघमलाई ६ वर्षको सम्झौता गरेको छ।

विभिन्न सम्भावित एड-अनबाहेक १९ वर्षीय बेलिङघम लागि १०३ मिलियन युरो तिर्नेछ। बेलिङघमले बर्मिङघम सिटीबाट फुटबल करिअर सुरु गरेका थिए ।

उनलाई रियलले बिहीबार क्लबको खेलाडीको रुपमा प्रस्तुत गर्नेछ । सन् २०१९ मा चेल्सीबाट इडेन हाजार्डको ११५ मिलियन युरोमा गएपछि बेलिङघम रियल म्याड्रिडको दोस्रो महँगा खेलाडी पनि हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here