इप्पानको अध्यक्षमा कार्की निर्विरोध, मल्ल प्यानलको उम्मेदवारी खारेज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को निर्वाचन समितिले किरण मल्लको उम्मेदवारी खारेज गरेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।

अध्यक्षमा उम्मेदवारी दिएका किरण मल्लको उम्मेदवारी निर्वाचन समितिले खारेज गरेसँगै गणेश कार्की निर्विरोध भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सूर्य अधिकारीको पनि उम्मेदवारी खारेज भएको छ । अधिकारीको उम्मेदवारी खारेज भएपछि मोहनकुमार डाँगी वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै पाँच उपाध्यक्षमा सात जनाले उम्मेदवारी दिएकामा दुई जनाको उम्मेदवारी खारेज भएपछि पाँचै जना निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित हुनेहरूमा भरतबहादुर खत्री, उत्तम भ्लोन, रामप्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरी छन् ।

त्यस्तै महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द दुलाल पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै पाँच जना सचिव पनि निर्विरोध भएका छन् । भरत प्रसाद नेपाल, भरत कुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट र हिम प्रसाद पाठक सचिवमा निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै तीन जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन् । ७ जना खुल्ला सदस्यका लागि भने १४ जना चुनावी प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here