कोशी, बागमती र गण्डकीमा वर्षा, तराईमा अत्यधिक गर्मी यथावत

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्यांगसहित हल्का वर्षा भइरहेको छ।

साथै मधेश प्रदेश सहित देशका अन्य भूभागमा पनि वर्षाको सम्भावना रहेको छ। त्यसैले अत्यधिक गर्मी वा वर्षाबाट हुनसक्ने जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यतिबेला देशको पूर्वी तथा मध्य भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघ–गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। यस्तै कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा दिउँसो पनि वर्षा हुने महाशाखाले जनाएको छ।

राति भने कोशी प्रदेशका पहाडी क्षेत्रमा बदली रहे पनि अन्यमा मौसम सफा रहनेछ।