वानएक्स बेटमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाडौं । प्रहरीले चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’सहित विभिन्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिबन्धित वनएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापनमा खेलेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिबन्धित यस्ता गतिविधिलाई युवाहरुलाई प्रोत्साहन गर्ने शैलीमा काम गरेको आरोप उनीहरुमाथि छ । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here