उड्डयन प्राधिकरणलाई महानगरले सोध्यो-‘भवनको नक्सापास भएको छ/छैन ?’

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगल स्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न सूचित गरेको छ ।

प्राधिकरणले काठमाडौं महानगरपालिका–९, सिनामंगलमा नयाँ भवन निर्माण गरेको छ । “काठमाडौं वडा नम्बर–९, सिनामंगलस्थित त्यहाँ प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम/कानुनबमोजिम निर्माण भएको छ/छैन ?,” स्पष्टीकरणपत्रमा उल्लेख छ ।

३ जेठमा एक सूचना निकाल्दै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सबै घर, भवनको नक्सा अद्यावधिक गर्न, नक्साको विवरण पेश गर्न निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here