झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५ अंकले बढेर २०४२.७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

बुधवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटी होटल लिमिटेडको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ५.८६ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १७ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here