प्रहरीका २७ डीएसपीको सरुवा, ४६ जनाको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरूवा र पदस्थापन गरेको छ।

बिहीबार २७ जना डिएसपीको सरूवा र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट बढुवा भएका ४६ डीएसपीको पदस्थापन भएको हो।

प्रहरी प्रधान कार्यालयले आजको निर्णयअनुसार तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरका तुल्सीराम अर्यालको इलाका प्रहरी कार्यालय टिकापुरमा सरूवा भएको छ। टिकापुरमा रहेका उद्धवसिंह भाटको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा सरूवा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here