दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७१ कम्पनीको ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ ।

त्यसदिन ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ४.८४ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे २३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल १९ करोड र हिमालयन डिस्ट्रीलरी १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा ग्रीन भेन्चर्सका लगानीकर्ताले सबैभन्दा धेरै ६.९८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, मेन्छियाम हाइड्रोपावर ५.४८, मानुषी लघुवित्त ५.४१ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.११ प्रतिशतले घटेको छ ।

दोहोरो अंक घटेको बजारमा आज सिटी होटलको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here