काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार हुने खेलमा आयोजक जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्दैछन्। खेल सुरु हुनुअघि नै मैदानमा पुगेका घरेलु दर्शकले ‘गो नेपाल गो’ भन्दै पक्षधरता लिइरहेको क्रिकइन्फोले जनाएको छ।
एक खेलमा जित र अर्कोमा हार बेहोरेको नेपालले पहिलो पटक वेस्टइन्डिजसँग खेल्दैछ। दुई पटकको विश्वविजेता उक्त टिमसँग नेपालको खेललाई अभिरुचिका साथ हेरिएको छ। नेपालले बिहीबारको खेलमा पनि मंगलबार अमेरिकाबिरुद्ध उतारेको टोली नै उतार्नेछ। पेसर सोमपाल कामीले आजको खेल पनि गुमाउनेछन्।



























