नेपाललाई तेस्रो सफलता, विश्वकप छनोटमा सन्दीपको पहिलो विकेट

काठमाडौं । स्पिनर सन्दीप लामिछनोले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

आफ्नो पहिलो ओभर मेडन राखेका उनले दोस्रो ओभरको तेस्रो बलमा ब्रान्डोन किङलाई बोल्डआउट गरेका हुन्। टस जितेर बलिङ रोजेको नेपालका लागि गुलशन झाले आफ्नो पहिलो ओभरमा विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here