झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७६ कम्पनीको ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । आज होटल समूहको सेयरमा उच्च आकर्षण देखिएको छ । यस समूहको परिसूचक सबैभन्दा धेरै ८.६५ प्रतिशतले बढेको छ ।

सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, सिटी होटल्स, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल्सको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । आज यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here