काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ करको विवरण सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आइतवार आइतबार आयोजित महानगरको १३औं नगरसभामा नगरप्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटसँगै आर्थिक विधेयक र सम्पत्तिमा कति कर असूल गर्ने भनेर नयाँ करको दर तोकेका हुन् ।

महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर ०.०१० प्रतिशत तोकेको छ । उक्त सम्पत्तिको १ हजार रुपैयाँ कर तोकेको छ । त्यसैगरी, त्यसपछिको १ करोडमा २ करोडसम्मको सम्पत्ति भएमा ०.०१५ प्रतिशतमा १५ सय थप भई २५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

महानगरले १ करोडमा ३ करोडसम्मको सम्पत्ति भएमा ०.०२० प्रतिशतमा २ हजार थप गरी ४५ सय रुपैयाँ कर निर्लेपर्ने व्यवस्था गरेको छ । त्यस्तै, ४ करोडसम्मको सम्पत्ति भएका मानिसले ०.०४० प्रतिशतमा ४ हजार थप गरी ८ हजार ५ सय रुपैयाँ, ५ करोडसम्मको सम्पत्ति भएकाले ०.०६० प्रतिशतमा ६ हजार थप गरी १४ हजार ५ सय रुपैयाँ र ६ करोडसम्मको सम्पत्ति भएकाले ०.१०० प्रतिशतको आधारमा १० हजार थप गरी २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै, महानगरले ८ करोडसम्मको सम्पत्तिमा ०.३०० प्रतिशतमा ६० हजार कर थप भई ८४ हजार ५ सय रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.४५० प्रतिशतमा ९० हजार रुपैयाँ थप गरी १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here