भारतीय पूर्ववित्तमन्त्री अरुण जेट्ली रहेनन्

नयाँ दिल्ली, ७ भदौ । भारतीय अर्थतन्त्रमा आमलु परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेका पूर्व वित्त मन्त्री अरुण जेट्लीको शनिबार निधन भएको छ । उनी भारतीय जनता पार्टीका वरिष्ठ नेता समेत थिए ।

भारतीय संचारमाध्यमहरुका अनुसार उनको शनिबार बिहान एम्स अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालका उनी महत्वपूर्ण सदस्य रहेका थिए ।

उनको पालामा भारतमा नोटबन्दी गरियो । यस निर्णयलाई कालोधनका विरुद्ध चालिएको सबैभन्दा क्रान्तिकारी कदम मानिएको छ ।

कर प्रणालीमा सुधार गर्दै उनले जीएसटी लागु गर्ने निर्णय समेत कार्यान्वयनमा ल्याएका थिए । जेट्लीको निधनसँगै भारतीय जनता पार्टीले दुई वरिष्ठ नेतालाई निकै छिट्टै गुमाएको छ ।
पूर्वविदेश मन्त्री शुष्मा स्वराजको निधन भएको १ महिना पनि नबित्दै जेट्लीको निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पिडित जेट्लीको मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।

पारिवारिक स्रोतका अनुसार उनको आइतबार अपरान्ह अन्तिम संस्कार गर्ने तयारी छ । शनिबार उच्च पदस्थ भारतीय अधिकारीहरु जेट्लीको घर पुगी परिवारमा समवेदना दिने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनबाटै जेट्लीको निधनमा गहिरो दुख व्यक्त गरेका छन् । मोदी अहिले राजकीय भ्रमणको सिलसिलामा यूएइमा रहेका छन् ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here