केन्द्रदेखि प्रदेशसम्मै एमाले प्रतिपक्षमा सीमित

काठमाडौं । नेकपा एमाले केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षी कित्तामा सीमित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि एमाले, माओवादी र जसपाको नेतृत्वमा सात प्रदेशमा सरकार बनेका थिए ।

जसअनुसार चारवटा प्रदेशमा एमाले २ वटामा माओवादी केन्द्र र एउटामा जसपाले प्रदेश सरकारको नेतृत्व गरेका थिए । एमाले नेतृत्वको ७ दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको हो ।

वैशाख ११ गते लुम्बिनीको लीला गिरी नेतृत्वको सरकार ढल्यो । त्यहाँ अहिले माओवादीसहित कांग्रेस नेतृत्वको गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका छन् । यस्तै, गण्डकीमा पनि बैशाख १० गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । त्यहाँ अहिले कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् ।

माघ २६ मा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सुरुआतदेखि नै मधेशमा जसपा नेतृत्वको सरकार कायमै रहँदा बागमती र कर्णालीमा माओवादी नेतृत्वको सरकार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here