ट्वीटरमा नयाँ नियम, नयाँ अकाउन्टबाट प्रतिदिन ६ सय ट्वीट मात्र पढ्न मिल्ने

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका मालिक एलोन मस्कले ट्वीटरमा पढ्न पाउने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन् । मस्कका अनुसार भेरिफाइड नभएका अकाउन्टका प्रयोगकर्ताले अब प्रतिदिन ६०० ट्वीट मात्र पढ्न पाउनेछन् ।

साथै नयाँ अकाउन्ट भएका प्रयोगकर्ताले भने प्रतिदिन ३०० ट्वीट मात्र पढ्न पाउनेछन् । यसैगरी भेरिफाइड अकाउन्ट भएका प्रयोगकर्ताले एक दिनमा ६००० ओटा ट्वीट पढ्न सक्नेछन् ।

यसको अर्थ प्रयोगकर्ताले अब दिनभर ट्वीटरमा समय बिताउनका लागि ब्लु चेकमार्क खरिद गर्नुपर्नेछ । तर यो सीमितता चाँडै नै बढ्ने कुरामा पनि मस्कले बताएका छन् ।

उनले डेटा स्क्र्याप्रिङ र सिस्टममा तोडमरोड गर्नबाट बच्नका लागि यसखाले निर्णय गर्नु परेको जनाएका छन्।

पहिलो ट्विटमा उनले भनेका छन्, ‘डेटा स्क्र्यापिङ’ र ‘सिस्टम हेरफेर’ को बढ्दो समस्यालाई सम्बोधन गर्न हामीले निम्न ‘अस्थायी सीमाहरू’ लागू गरेका छौं।

सरल शब्दमा भन्नुपर्दा, ‘डेटा स्क्र्यापिङ’ भनेको इन्टरनेटबाट जानकारी निकाल्नु हो। मस्कले डाटाको अत्याधिक प्रयोगका कारण सर्वसाधारणले सेवा नपाउने गरेको बताए ।

मस्कले बोलेको ‘सिस्टम हेरफेर’ को अर्थ अझै स्पष्ट भएको छैन। उनले आफ्नो कदमलाई ‘अस्थायी आपतकालीन उपाय’का रूपमा प्रस्तुत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here