सुनको मूल्य इतिहासकै महङ्गो, एकैदिन १२ सयले बढ्दा कति पुग्यो तोलाको ?

काठमाडौं, ८ भदौ । नेपाली बजारमा छापावल सुनको मूल्य इतिहासकै महङ्गो भएको छ ।

यो भन्दा अगाडि ७१ हजार ५ सय रुपैयाँ सबैभन्दा धेरै मूल्य कायम भएको छापावल सुनमा आइतवार एकैदिन १२ सय रुपैयाँले वृद्धि भएसंगै सुनको मूल्यले रेकर्ड कायम राखेको हो ।

अघिल्लो दिन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार प्रतितोला १२ सय रुपैयाँले वृद्धि भएससँगै नेपाली बजारमा सुनको मूल्य ७२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यो सङ्गै नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको छ ।

सुनको कारोबार घटेपछि बैंकमा रहेको सुन विक्री भएको छैन । सुन विक्री नभएपछि बैंकले सुन आयात रोकेका छन् । असार २० देखि बैंकले सुन आयात गरेका छैनन । गत सातासम्म बैंकमा ७ सय ७० किलो सुन थुप्रिएको बैंकर्स संघले जनाएको छ ।

सुन महङ्गो भएपछि पुराना गहना विक्री गर्ने क्रम बढेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीले पनि महङ्गो मूल्यमा सुन खरिद गरेर स्टक राख्न छोडेका छन् ।

नेपाल सुनचाँदी महासंघले सुनको मूल्यमा अझै वृद्धि हुने बताउदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here