तीन नम्बर पुलको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

`
काठमाडौं, १८ असार । नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा सोमबार बिहान गएको पहिरो हटाएपछि आवागमन सुचारु भएको छ ।

विगत दुई दिनदेखि पहिरोकै कारण अवरुद्ध र जोखिमपूर्ण बनेको सो सडक चितवनको इच्छाकामना गाउँपालिका, वडा नम्बर ५ स्थित तीन नम्बर पुलमा पुनः पहिरो खसेपछि पुन अवरुद्ध बनेको थियो ।

पहिरोले एक मालवाहक ट्रकलाई पल्टाएको थियो । सो दुर्घटनामा परी ना ६ ख ७१० ट्रकका चालक पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सनिबार राति गएको पहिरोका कारण आइतबार बेलुकासम्म बन्द भएको सडक सोमबार विहान पुनः अवरुद्ध भएको थियो ।

तीन नम्बर पुलमा बिहीबारदेखि पहिरो निरन्तर खसिरहेको छ ।

सम्बन्धित समाचारः
रोकिएन नारायणगढ-मुग्लिन सडकमा पहिरो,वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here