आइएमई पेमा नयाँ अफर : मिस्ड कल गरी क्यासब्याक पाउने मौका

काठमाडौं । ‘आइएमई पे’ ले ग्राहकलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ । शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले ३०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० रुपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएस मार्फत ग्राहकलाई सुचित गराईनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले शनिबार गर्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here