पशुपति विकास कोषलाई फोहोर उठाउन प्रभु बैंकले दियो हाइड्रोलिक गाडी

काठमाडौं। प्रभु बैंकले पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बंकले गाडी हस्तान्तरण गरेको हो । सोमबार ‍बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री सुदन किराँतीलाई गाडीको चाबी हस्तान्तरण गरे ।

१७ लाख रुपैयाँ बराबरको यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ। पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामाग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग गर्ने बैंकको अपेक्षा छ ।

टाटाको एस हपर सिरिजको टिपर दैनिक संचालनका लागि चालकलाई पारिश्रामिक स्वरुप २५ हजार रुपैयाँ व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ।

बैंकले आउँदा दिनमा पनि मन्त्रालय र पशुपति विकास कोषसँगको सहकार्य गरेर अघि बढ्ने योजना बनाएको बैंकका कार्यकारी अध्यक्ष शेरचनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here