सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा २५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले विभिन्न संघसंस्थाको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले विभिन्न संस्थाहरूसंग विशेष सम्झौता गरेसँगै ग्राहकले छुुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले काठमाडौंको तीनकुनेस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरूमा अधिकतम २० प्रतिशत छुट पाउने छन ।

त्यसैगरी भैंसेपाटीस्थित अर्बन स्माइल डेन्टल क्यर प्रालि र न्यूरोडस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरूमा समान २५ प्रतिशतसम्म छुट पाउने छन ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here