मौद्रिक नीति आज ल्याइँदै, थप खुकुलो हुने संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको छ । गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने उक्त मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बस्दै छ ।

पछिल्लो समय अर्थमन्त्री डा.प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउने पर्नेमा जोड दिँदै आएका छन् । त्यसलाई नै लक्षित गरेर मौद्रिक नीति तयार गरिएको स्रोतको भनाइ छ ।

मौद्रिक नीतिले सेयरबजारलाई भने सुविधा नदिने बताइएको छ । गभर्नरको भनाइलाई बल पुग्ने गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अहिले नै खुकुलो मौद्रिक नीति लिन नहुने सुझाव दिएको छ ।

मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले ऋण तिर्न नसक्ने ऋणीलाई सुविधा तीन महिना समय थप गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था राष्ट्र बैंकले निर्देशन जारी गरेपछि लागु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here