सार्वजनिक यातायातका चालक र सहचालकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य

काठमाडौं । देशभरका सार्वजनिक यातायातका चालक र सहचाकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य गरिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार सार्वजनिक यातायातका कर्मचारीलाई ड्रेस,परिचयपत्र र सवारी साधनको सफाइ अभियान सुरू गरेको हो ।

मन्त्री ज्वालाले यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र, ड्रेस हस्तान्तरण गरेका छन् भने भने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाईको प्रतिबद्धता जनाएको छ ।

मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र,ड्रेस हस्तान्तरण गरेका हुन्। मन्त्री ज्वालाले चालक र सहचालकको बोली, भाषा र व्यवहार यात्रुमैत्री हुनुपर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here