रेनोले ल्यायो ‘शुभ दिन छ’ अफर

काठमाडौं, ९ भदौ । रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोवाइल प्रालीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ ।

कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने कम्पनीले बताएको छ ।

यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर ‘अब रेनो सँग हरेक दिन शुभ दिन’ भन्ने नारा सहित सार्वजनिक गरिएको हो ।

अफर अन्तर्गत हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु पाउन सक्नेछन् । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी रहेको छ ।

यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here