काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ४१ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
बैंकले सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०८० साउन १६ देखि २०८१ साउन १६ गतेसम्म ३६७ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्नेछ ।
बैंकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई साउन १२ गते बेलुका ७ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।
तर निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र कूल कर्जा लगानीको ५ प्रतिशत खराब कर्जा नकटेको हुनुपर्ने बैंकले जनाएको छ ।
यस्ता छन् शर्तहरुः
-आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ ।
-निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।
-रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।
-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने ।