लघुवित्तको सेवाप्रति गुनासो भए उजुरी गर्न आग्रह, नियम विपरित काम गर्नेलाई कारबाही गर्ने

काठमाडौं । लघुवित्तबाट ऋण लिएकाहरू आफू ’पीडित’ भएको बताउँदै आन्दोलनमा होमिएका बेला नेपाल राष्ट्र बैंकले आफ्नो गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । बैंकले एक टोल फ्रि नंबर प्रकाशित गर्दै सोमा उजुरी गर्न आग्रह गरेको छ।

लघुवित्तले केन्द्रीय बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत गुनासोबारे उजुरी गर्न भनेको हो ।

जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत् गुनासो दर्ता गर्न सकिनेछ,’ राष्ट्र बैंकले सूचनामा भनेको छ।

लघुवित्तबाट ऋण लिएकाहरुले केही दिनयता राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् । यसअघि लिएको ऋण मिनाहा गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्नेजस्ता माग राखेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here