नबिल बैंक र गणपति वनस्पति बीच च्यानल फाइनान्सिङ सम्झौता

काठमाडौं । नबिल बैंक र लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन उद्योग गणपती वनस्पती लिमिटेड बीच च्यानल फाइनान्सिङ सुविधा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्घानाल र गणपती वनस्पतीको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकले गणपती वनस्पती लिमिटेडका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ ।

यस उद्योगले सफारी र रामदेव ब्राण्डहरुमा प्रशोधित सनफलावर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलीन तेल बिक्री वितरण गर्दै आएको छ । साथै, उद्योगले हालै मात्र नेबारी प्लस ब्राण्डलाई पनि बजारमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here