सिद्धार्थ बैंकको खुद नाफामा सुधार, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ९.९१ प्रतिशतले बढेको छ ।

बैंकले गत असार मसान्तसम्म ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९ करोड बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल १४ अर्ब ८ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ७९ करोड ५७ लाख र जगेडा कोषमा १० अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ५.६५ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष २३.१७ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ५३ पैसा घटेर २२.६४ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८०.८३ रुपैयाँ, खराब कर्जा २.०१ प्रतिशत, मूल्य आम्दानी अनुपात ११.१७ प्रतिशत, बेसरेट ९.९१ प्रतिशत र सीडी रेसियो ७७.१६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here