एनआईसी एसियाकाे ‘सुपर चमत्कारिक बचत खाता’, के के छन् विशेषता ?

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ‘सुपर चमत्कारिक बचत खाता योजना’ सार्वजनिक गरेको छ ।

बैंकले यसअघि सार्वजनिक गरेको चमत्कारिक बचत खाता पछि ३० विशेषतायुक्त सुपर चमत्कारिक बचत निक्षेप योजना ल्याएको हो ।

सबै तहका ग्राहकहरुलाई उपयुक्त उक्त सुपर चमत्कारिक बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, बाबु नानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, वैदेशिक रोजगार बचत खाता, उद्यमशील बचत खाता, तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ल्याएका माथि उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने पनि बैंकले बताएको छ ।

साथै यसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड सम्मको बिमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि ३० लाख सम्मको बिमा सुविधा, परिवारका लागि १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

त्यस्तै सुपर चमत्कारिक बचत योजनाअन्तर्गत बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नेछन पनि बैंकले बताएको छ ।

साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा लगायतका सुविधा पाउनेछन बैकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here