पीएचडी अध्ययनका लागि बालेन शाहले पाए फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका फेलोसिप पाएका छन् । उनले काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका हुन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए ।

विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको बताइएको छ ।

सो फेलोसेप प्राप्त गरेपश्चात मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here