१०.३५ प्रतिशत बढ्यो एनआइसी एसियाको खुद नाफ

काठमाडौं । एनआइसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १०.३५ प्रतिशतले बढेको छ ।

बैंकले गत असार मसान्तसम्म ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब २१ करोड ४९ रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा १४.४५ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ६९ करोड र जगेडा कोषमा १४ अर्ब ३८ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ३१.९९ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । अघिल्लो वर्ष ३६.४५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँ बढेर ४०.२२ रुपैयाँ पुगेको छ । यो वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ, खराब कर्जा ०.८० प्रतिशत, मूल्य आम्दानी अनुपात १९.७४ प्रतिशत, बेसरेट ९.९८ प्रतिशत र सीडी रेसियो ८३.५५ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here