वाणिज्य बैंकहरूको नाफा २४.९२ प्रतिशत बढ्यो, धेरै कमाउने नबिल, ग्लोबल आइएमई दोस्रोमा

काठमाडौं । वाणिज्य बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूको खुद नाफा २४.९३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकको २ वटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ । नाफा घट्नेमा कुमारी र प्राइम बैंक रहेका छन् । कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घटेर १ अर्ब ९५ ७१ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ।

गत वर्ष नबिलले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड र माछापुच्छ्रेले सबैभन्दा कम १ अर्ब ८५ करोड नाफा कमाएको छ । गत वर्ष ६ बैंकले ४ अर्ब माथि, ७ बैंकले ३ अर्ब माथि नाफा कमाएका छन् भने दुई वटाले २ अर्ब कम नाफा कमाएका छन् ।

अर्थ तन्त्रमा आएको संकुचनका कारण कर्जा विस्तार गर्न नसकेका बैंक्हरूले खुद नाफामा भने छलाङ मारेका हुन् । गत वर्ष लक्ष्यको एकचौथाई मात्र कर्जा विस्तारका बाबजूद बैंकहरूको खुद नाफा २५ प्रतिशतले बढाउन सफल भएका हुन् ।

कर्जा लगानी गर्न नसके पनि यसअघि लगानी गरेको कर्जाको ब्याजदर बढाएर बैंकहरूले नाफामा छलाङ मारेका हुन् । गत वर्षको सुरुमा तरलता अभाव भएपछि बैंकहरूले ब्याजदर झन्डै दोब्बरसम्मले बढाएका थिए ।

अघिल्लो वर्ष ८/९ प्रतिशत रहेको बैंकहरूको ब्याजदर गत वर्ष १८ प्रतिशतसम्म पुगेको थियो । नयाँ कर्जा लगानी गर्न नसके पनि पुरानो कर्जाको ब्याजदर बढाउँदा बैंकहरूले नाफा बढाउन सकेका हुन् ।

गत वर्ष नेपाल राष्ट्र बैंकले साढे ५ खर्ब कर्जा लगानी विस्तार गर्ने लक्ष्य राखेकोमा जम्मा डेढ खर्ब मात्र कर्जा लगानी गरेका थिए ।

गत वर्ष नबलि बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । असार मसान्त्सम्म नबिलले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा कमाएको छ ।

त्यस्तै, चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमई बैंक ७ अर्ब २५ करोड नाफा कमाउँदै दोस्रो धेरै कमाउने वाणिज्य बैंक भएको छ ।

त्यसैगरी, गत वर्ष सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड, एनआइसी एशिया ४ अर्ब ६५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड, ३ अर्ब ५२ करोड, नेपाल बैंक र एनएमबी समान ४ अर्ब ४१ करोड, एभरेष्ट बैंक ३ अर्ब ३९ करोड, हिमालयन ३ अर्ब २६ करोड, सिद्धार्थले ३ अर्ब १९ र कृषि विकास बैंकले ३ अर्ब १ करोड खुद नाफा कमाएको छ ।

त्यस्तै, प्रभु, सानिमा, प्राइम, लक्ष्मी सनराइज, नेपाल एसबीआई र सिटिजन्सले २ देखि ३ अर्बको बीचमा नाफा कमाएक छन् भने कुमारी र माछापुच्छ्रेले २ अर्बभन्दा कम नाफा कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here