नेपाल टेलिकमले हरायो रिचार्ज कार्ड, खरिद नगर्न अनुरोध

काठमाडौं । नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । बुधबार गोरखापत्रमा सूचना प्रकाशति गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।

सी. न. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएकोले उक्त रिचार्ज कार्डहरू खरिद बिक्री नगर्न र कतै भेटिए नजिकैको दूर सञ्चार कार्यालयमा बुझाइदिन कार्यालयले आग्रह गरेको छ ।

हेर्नुस् सूचना :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here