कश्मीरी नागरिकलाई भारत सरकारको उपहार, एक साथ खोलिदै ५० हजार सरकारी नोकरी

श्रीनगर, १२ भदौ । भारत सरकारले हालै आफू मातहतको राज्यका रुपमा स्थापित गराएको जम्मू कश्मीरका युवालाई खुसी पार्न ठूलो घोषणा गरेको छ ।

आगामी २\३ महिना भित्र जम्मूमा ५० हजार सरकारी नोकरीका लागि भर्ना खोल्ने घोषणा जम्मू-कश्मीरका राज्यपालले गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनमार्फत उनले उक्त घोषणा गरेका हुन् । उनका अनुसार ५० हजार स्थानीय मानिसले सरकारी नोकरी पाउने गरी भर्ना खोल्ने तयारी सरकारी गरिरहेको छ ।

उनका अनुसार यस क्षेत्रको कुपवाड़ा र हंदवाड़ालगायत क्षेत्रमा निकट भविश्यमा मोबाइल सेवासमेत सूचारु गरिने भएको छ ।

त्यसो त सरकारले यसै साता जम्मू कश्मीरका १५ हिउँ चुचुरो पर्यटकको आरोहणका लागि पनि खुला गरिसकेको छ ।

अब विदेशी पर्यटकले ति हिँउ चुचुरो आरोहण गर्न सक्ने भएका छन् । त्यसमा एक माउण्ट कैलास समेत रहेको छ ।

जम्मू कश्मीरको सुन्दरतालाई लिएर यस क्षेत्रलाई धर्तीको स्वर्गका रुपमा पनि वर्णन गरिन्छ । राज्यपालले जम्मूका यूवामा पूर्ण जोश जाँगर ल्याएर यस प्रान्तको विकासमा सक्रिय हुने सरकारको चाहना रहेको समेत बताएका छन् ।

हरेक कश्मीरी नागरिकको जीवन सरकारका लागि महत्वपूर्ण रहेको भन्दै कसैको पनि ज्यान असुरक्षित नहोस भन्नकै लागि अहिलेको कदम चाल्नु परेको बताएका छन् ।

भारतले बुधबार नै देशभर ७५ नयाँ मेडिकल कलेज खोल्ने घोषणा पनि गरेको छ । यसमा २४ हजार ३०० करोड भारतीय रुपैयाँ लगानीको ठूलो घोषणा भएको छ ।

यी मेडिकल कलेजमा एमबीबीएसको १५७०० सीट बढ्ने भएको छ । भारतले डिजिटल मिडियामा २६ प्रतिशत विदेशी लगानी स्वीकार समेत गरेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here