एनआईसी एशिया बैंकको नयाँ ब्याजदर , कुन खातामा कति ?

काठमाडौं । एनआईसी एशिया बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर अनुसार श्रावणको तुलनामा भाद्रमा बैंकले ब्याजदर घटाएको छ। भदौ महिनाका लागि बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.१८ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here